AArya
RUMPUM
animated ellipse animated ellipse

प्रथम इन्डो नेपाल कार ¥याली हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० माघ २०७३, सोमबार २०:११
3
Shares
विराटनगर,माघ १० / प्रथम इन्डो नेपाल कार ¥याली आगमी माघ १६ गते हुने भएको छ ।
लायन्स क्लब अफ सिलीगुडी ग्रेटर फिमिना र लायन्स क्लब अफ डिस्ट्रीक ३२५ ए वानको संयुक्त आयोजनामा कार ¥याली हुने आज सोमबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरि जानकारी गराएको हो ।
सिलिगुडीको सिटी सेन्टरबाट सुरु हुने ¥यालीले काकरभिट्टा नाकाबाट नेपाल प्रवेश गर्दै बिर्तामोड, दमक हुँदै उर्लाबारीबाट दक्षिण लागि रंगेली हँुदै विराटनगर प्रवेश गर्ने लायन्स क्लब डिस्ट्रीक ३२५ ए वान नेपालका फस्ट भाईस डिस्ट्रीक गर्भनर लिलाकुमार ढुंगेलले जानकारी दिए ।
¥यालीले विराटनगरको विभिन्न भाग परिक्रमा गरि स्थानिय नमस्कार होटलमा सम्पन्न हुनेछ । ¥यालीले यदि दुरी पार गर्न करिब १ सय ३९ किलोमिटर रहेको बताईको छ । अन्तराष्ट्रिय खेलको नियम अनुसार हुने ¥यालीमा महिला चालक मात्रले भाग लिन पाउनेछन् ।
¥यालीमा ६० वटा कारको सहभागिता रहनेछ । भारतको र नेपालको गरि ४० वटा कारले प्रतियोगितामा सहभागी जनाउनेछन् भने २० वटा कार आयोजकको रहने बताइएको छ ।
प्रतियोगिताको बिजेताले नगद ५० हजार भारु रुपैयाँको साथै ट्रफी प्राप्त गर्नेछन् । द्धितीय र तृतीय हुनेले क्रमशः नगद २५ हजार र १० हजार भारु रुपैयाँ प्राप्त गर्नेछन् ।
कार्यक्रमलाई भब्य र व्यवस्थीति बनाउनको लागि लायन राजन खत्रीको संयोजकत्वमा मुल समिति र विभिन्न १० वटा अन्य समितिहरु गठन गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर