AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

उदयपुरमा कोरोना भाइरसको संक्रमण देखिएका १२ जनालाई विराटनगर ल्याइयो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ बैशाख २०७७, शनिबार ०७:३३
27
Shares
उदयपुरमा कोरोना भाइरसको संक्रमण देखिएका १२ जना । तस्वीर डा.दिपेन्द्र मेहताको फेसवुकबाट
विराटनगर / उदयपुरको मस्जिदमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका १२ जनालाई विराटनगर ल्याइएको छ ।

विराटनगरको कोरोना विशेष अस्पतालमा नेपाल प्रहरीको स्कटिङमा शुक्रबार राति करिब साढे ११ बजे ल्याइएको हो । नेशनल ट्रेडिङमा प्रदेश सरकारले ५० शैय्याको अस्थायी कोरोना अस्पताल निर्माण गरेको छ ।

कोरोना अस्पतालमा राखिएका संक्रमित मध्ये १ नेपाली र ११ भारतीय नागरिक छन । संक्रमितहरु दिल्लीका २१ बर्षिय अनम जÞैदी, २८ बर्षिय राशिक राउंड, २६ बर्षिय मौ. अबुबकर,३१ बर्षिय मौ. रिजवान , नई दिल्लीका ४० वर्षिय मौ. सनउल्ला, उत्तर दिल्लीका २२ बर्षिय सनमान खान, साउथ दिल्लीका २५ बर्षिय मोहामिन्स, उत्तर दिल्लीका २१ बर्षिय मौ. आसिफ, २८ बर्षिय सुदेव अहमत बिजौर, दक्षिण दिल्लीका २६ बर्षिय अहमत सइद, उतर प्रदेश का २८ बर्षिय मौ. जावैद र जामियनगरका २५ बर्षिय आदिम अनवर रहेको छन ।

कोरोना संम्रमितसँगै रहेका अन्य चारजनालाई उदयु्रका राखिएको छ । बिहीबार मस्जिदमा बस्दै आएका १६ जनाको परीक्षण गर्दा १२ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार शुक्रबार कोरोना पोजेटिभ देखिएका १२ जनालाई विराटनगरमा निर्माण गरिएको अस्थायी कोरोना अस्पतालमा राखिएको बताए ।

अस्थायी अस्पतालको व्यवस्थापन कोशी अस्पतालले गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर