AArya
RUMPUM
animated ellipse animated ellipse

कोराना भाइरसबारे अनावश्यक प्रचार भएको प्रचण्डको टिप्पणी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ माघ २०७६, बुधबार १८:५१
3
Shares
फाइल तस्वीर
पोखरा /नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबारे अनावश्यक प्रचार भएको टिप्पणी गरेका छन् ।

प्रचण्डले यथार्थभन्दा बढी अनैतिक हिसाबले गलत प्रचार भइरहेको बताए । भ्रमण वर्षको सुरुआतमै दाँतमा ढुंगा लागेजस्तो भएको बताउँदै प्रचण्डले नेपाल भने त्रसित हुनुपर्ने अवस्था नरहेको, तर सतर्क हुनुपर्ने धारणा राखे । कोरोना भाइरस अत्यन्त छिटो फैलिएको र मान्छेहरुको मृत्यु भएको समाचार आएपछिको असर विश्वव्यापी रुपमै परेको बताउँदै प्रचण्डले नेपालमा कोरोनाका बिरामी नहुनु सुखद भएको बताए ।

पोखरामा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी बारे अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदन हुबहु कार्यान्वयन नहुने बताए । राजनीतिक र जनताको दुबै तहमा छलफल भइरहेको एमसिसीका विषयमा जनतालाई बुझाउन अध्ययन कार्यदल गठन भएको प्रचण्डको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर