RUMPUM
animated ellipse animated ellipse

सुनसरीमा यात्रुबस र माइक्रो ठोक्किंदा चार जनाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ माघ २०७६, आईतवार १३:२९
3
Shares

सुनसरी । सुनसरी रामधुनी नगरपालिकास्थित इनरुवा–तित्रिवना सडकखण्डमा यात्रुबस र माइक्रोबस ठोक्किंदा माइक्रोबसका चालकसहित चारजनाको मृत्यु भएको छ ।
झापाबाट काठमाडौं हिडेको बा ५ ख ३१५७ नम्बरको माइक्रो बस र पोखराबाट पूर्व आएको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मृत्यु हुनेमा माइक्रो बसका चालक धादिङ बैरेनी–३ का दीपक खड्का, झापाको भद्रपुर–५ की ६५ वर्षीया डोलकुमारी कोइराला, उनका श्रीमान हेमराज कोइराला र झापा चन्द्रगढीकी गरिमा पौडेल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गरिमाको धरानमा उपचारको क्रममा मृत्यु भएको छ । भने अन्यको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

धरमपुर–९ का होमबहादुर कार्की, इटहरी–४ की कमला तामाङ र भद्रपुर घर भई भूमी सुधार मन्त्रालयका लेखा अधिकृत टंकप्रसाद काफ्ललेको धरानस्थिथत वीपी कोइराला स्वास्थ्य वित्रान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

होमबहादुर कार्की र टंकप्रसाद काफ्ललेको अवस्था गम्भीर रहेको प्रतिष्ठान प्रहरी पोष्टका सई दुर्गा पराजुलीले जानकारी दिए । उनीहरुको तत्काल टाउकोको शल्यक्रिया गर्नु पर्ने भएकाले । शल्यक्रिया गर्ने तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।

दुर्घटनामा १५ जना यात्रुहरु घाइते भएका छन् । घाइतेहरु मध्ये नौ जनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा, चार जनाको एपेक्स अस्पताल र दुई जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर