RUMPUM
animated ellipse animated ellipse

सवारी दुर्घटना २ जनाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ माघ २०७६, मंगलवार १५:४१
3
Shares

विराटनगर / मोरङ र पाँचथरमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

हिजो राति पौने ११ बजे मोरङको सुन्दरहरैचा नगरपालिका ४ गछियामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३१ प ८८३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक ईटहरी ४ का २६ बर्षीष धिरेन्द्र खत्रीको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाईते भएका खत्रीको विराटनगरको विराट नर्सीङ होममा उपचारको क्रममा हिजो राती साँढे ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय वेलवारीले जनाएको छ ।

यसैगरी पाँचथरको हिलिहाङ गाउँपालिका ३ गोपेटारमा ट्याक्टरबाट लडेर १ जनाको मृत्यु भएको छ । सोमवार राती पौने ७ बजेको समयमा कालापानीबाट गोपेटार आउँदै गरेको मे १ त ३३१४ नम्बरको ट्याक्टरमा सवार रहेका याङवरक गाउँपालिका ५ का ४३ बर्षीय शिवलाल काङवाङ सोही ट्याक्टरबाट लडेर घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागि पाथिभरा अस्पताल फिदिम लगिएकोमा उपचारको क्रममा राती १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर