पूर्वाञ्चल खबर
सुनसरी/ सुनसरीको दुहवी नगरपालिका १२ पूर्वी कुशाहा बाँसटोलमा रहेको पैनीमा साल नालसहितको एक नवजात शिशु मृत फेला परेको छ ।
स्त्री जातको नवजात शिशु प्लास्टिकमा पोको पारेर फालेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । उक्त स्थानमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी कोशी अस्पताल विराटनगर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।