AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा वृहत डिजिटल शैक्षिक सामाग्रीको प्रर्दशनी हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ पुष २०७६, मंगलवार १७:३८
297
Shares

विराटनगर/ विराटनगरमा दुई दिने वृहत डिजिटल शैक्षिक सामाग्रीको प्रर्दशनी हुने भएको छ । प्रविधिमैत्री शिक्षक समाज नेपालको आयोजनामा प्रर्दशनी हुने भएको हो ।

विराटनगरमा आज पत्रकार सम्मेलन गरि पुस २७ र २८ गते विराटनगरमा डिजिटल शैक्षिक सामाग्रीको प्रर्दशनी हुने जानकारी गराएको हो ।

शिक्षण सिकाईसँग सम्बन्धित सामाग्रीहरू प्रर्दशनीमा राखिने प्रविधिमैत्री शिक्षक सामाज नेपालका केन्द्रीय तदर्थ समितिका अध्यक्ष भूपति बश्यालले जानकारी दिए । शिक्षण सिकाइसँग सम्बन्धित करिब १ सयको संख्यामा सामाग्री भएपनि समयको अभाव हुने भएकोले २० वटा सफ्टवेयरको सामाग्रीहरु प्रर्दशनीमा राखिने उनले बताए । उक्त प्रदर्शनीको उद्घाटन १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले गर्नेछन् ।

समाजको ३२ जिल्लामा जिल्ला सम्पर्क समिति रहेको केन्द्रीय अध्यक्ष वश्यालले बताए । महाधिवेशनमा ७७ जिल्लाबाटै प्रतिनिधि सहभागि हुने अध्यक्ष वश्यालले बताए । उनका अनुसार करिव ७ सय प्रतिनिधि सहभागी हुनेछन् । प्रविधिमैत्री शिक्षक समाजमा सामुदायिक र संस्थागत र उच्च माविका शिक्षकहरुहरु आवद्ध रहेको अध्यक्ष वश्याले जानकारी दिए । झोलामुक्त विद्यालय बनाउने सरकारको अभियानमा समाजले पनि साथ दिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर