AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

‘विराट सडक महोत्सव’ माघमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० मंसिर २०७६, शुक्रबार १७:२३
3
Shares
विराटनगर / विराटनगर महानगरपालिकामा ‘विराट सडक महोत्सव’ माघको पहिलो हप्तादेखि सुरु हुने भएको छ । विराटनगरमा तीन दिनसम्म विराट सडक महोत्सव हुने भएको हो ।

मन्जिना मूभिज क्रिएशनको आयोजनामा आउँदो माघ १ देखि ३ गतेसम्म विराटनगरमा सडक महोत्सव हुन लागेको आज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । विराटनगर महानगरपालिको सहयोगमा हुन लागेको उक्त सडक महोत्सवमा विराटनगरको शनिहाटमा हुने मन्जिना मुभिज क्रिएशनका निर्देशक जतिन ताम्राकारले जानकारी दिए ।

दिउँसो ३ देखि राती ८ बजेसम्म लगातार तीन दिनसम्म सडक महोत्सव हुने उनले बताए । सडक महोत्सवमा स्वदेशी खाना र स्थानिय स्तरमा उत्पादनमा भएको बस्तुको साथै दैनिक साँस्कृतिक कार्यक्रम हुनेछ । दैनिक स्थानिय र राष्ट्रिय स्तरका कालाकारहरुबाट सहभागिहरुलाई भरपुर मनोञ्जन प्रदान दिने आयोजकले जनाएको छ ।

तीन दिनसम्म सञ्चालनमा हुने महोत्सवमा १ सय वटा स्टलहरु हुनेछन् । स्टलको लागि बुकिङ्ग पनि खुल्ला गरिएको आयोजकले जनाएको छ । ‘सरकाले मनाउँदै गरेको भ्रमण वर्षलाई निजी क्षेत्रबाट पनि सहयोग पु¥याउन हामीले सडक महोत्सव आयोजना गरिएको हो,’ मन्जिना मूभिजका निर्देशक ताम्राकारले भने, ‘सबै क्षेत्रबाट भ्रमण वर्षलाई सफल बनाउन हामीले पनि महोत्सव गर्न लागेका हौ ।’ उनका अनुसार महोत्सवमा एक लाख दर्शकले प्रत्यक्ष रुपमा अवलोकन गर्ने लक्ष्य राखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर