पूर्वाञ्चल खबर
१ माघ विराटनगर/ यो बर्षको सर्वाधिक सफल नेपाली चलचित्र ‘छक्का पन्जा’ पाइरेसीको मारमा परेको छ ।
चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरी र निर्देशक दीपाश्री निरौला चलचित्र प्रदर्शनका लागि भन्दै यतिबेला यूरोपमा भ्रमणमा रहेका छन् । उनीहरु, यूरोपमा चलचित्रको प्रदर्शनमा व्यस्त भएको समयमा चलचित्र पाइरेसी बजारमा आएकोे हो ।चलचित्रको विभिन्न शो अझै ओभरसिजमा भैरहेको थियो ।
चलचित्र विहिबार मान्छका मोबाइल–मोबाइलमा छ्याप्तछ्याप्ती भएको थियो । चलचित्र पाइरेसी भएपछि बाध्यताले यसलाई युटुबबाट रिलिज गरिएको छ । हाइलाइट्स नेपालले शुक्रबार बिहानै
चलचित्र आधाकारिक रिलिज युटुबबाट गरेको हो । चलचित्र भदौ २४ गतेबाट रिलिज भएको थियो । छक्कापन्जा ४ महिनामै युटुबमा रिलिज गर्नुपर्ने अवस्था आएको छ । छक्कापन्जा चलचित्रले केहि दिन अगाडिे सय दिनको प्रदर्शन मनाएको थिएन की चलचित्रकै नेपालको इतिहासमा नयाँ व्यापारिक रेकर्ड कायम गरेको थियो ।
चलचित्रको प्रदर्शन बाँकी नै रहेको अवस्थामा चलचित्र पाइरेसी हुँदा निर्माता त मर्कामा परेका छन् नै, यसले चलचित्र क्षेत्रलाई अझ पछाडि धकेल्ने देखिएको छ ।