पूर्वाञ्चल खबर
संघको महासचिबमा गोल्डेन हस्पिटलको संचालक समेत रहेका दिनेश ठाकुरले उम्मेदवारी दिएका छन् । उनले तिम्सिना समूहबाट महासचिबमा उम्मेदवारी दिएका हुन् । सोही पदमा अन्य तीन जनाले पनि उम्मेदवारी दिएका छन् । जितेन्द्रकुमार रजक, मनोजकुमार मिश्र र सुरेन्द्रकुमार मेहताले उम्मेदवारी दर्ता गराएका हुन् । ठाकुर र रजक बिच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । रजक हरि मोहन श्रेष्ठको समूहका महासचिब हुन् ।
महासचिब पदमा उम्मेदवारी दिएका ठाकुर हाल नेपाल औषधी व्यवसायी संघ कोशी अञ्चल शाखाको सचिव हुन् । साधारण परिवारमा जन्मिएका ठाकुरले उच्च शिक्षा हासिल गरि शिक्षकबाट आफ्नो जीवन सुरुवात गरेका हुन् । लगनशिल, कडा मेहनतका र इमान्दार पूर्वक काम गरि औषधी कम्पनीको बजार प्रतिनिधी हुँदै लोटस फर्मा संचालनमा ल्याए । दुई दशक भन्दा अगाडीदेखि औषधी व्यवसायीमा आवद्ध भएका उनी व्यवसायीहरुप्रतिको सकारत्मक सोच, समस्या पर्दा लागि पर्ने जुझारु क्रियाकालापकै कारणले विगतमा भएको संघको चुनावमा अत्याधिक मत प्राप्त गरि निर्वाचित भएका थिए । यस पटक पनि सवै व्यवसायीले रुचाएकोले कारणले गर्दा अत्याधिक मत ल्याएर विजयी हुने सम्भावना देखिएको छ ।