AArya
RUMPUM
animated ellipse animated ellipse

वागमती प्लास्टीक उद्योगका मजदुरहरु आन्दोलित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ मंसिर २०७६, आईतवार २१:००
3
Shares

विराटनगर / विराटनगर – १३ स्थित वागमती प्लास्टीक उद्योगमा कार्यरत श्रमिकहरू आन्दोलनमा उत्रिएका छन् ।

राज्यले तोकेको श्रम ऐन उद्योगमा लागु हुनु पर्नेलगायतको विभिन्न माग राख्दै यहाँका श्रमिकहरू आजदेखि आन्दोलनमा उत्रिएका हुन् ।

सनुसरी बर्जु गाउँपालिका–२ अमढुवाका सचिनकुमार रायले प्रतिघण्टा काम गरे वापत ४३ रूपैयाँ उद्योगले दिने गरेको बताए । सरकारले लागू गरेको श्रम ऐनमा श्रमिकलाई प्रतिघण्टा काममा लगाए वापत न्यूनत वेतन ६४ रूपैयाँ तोकेको छ । तर, राज्यले श्रम ऐनले तोके अनुसारको श्रमको मुल्य नपाएको चार वर्ष भएको उनले बताए । कार्यरत सबै श्रमिकलाई नियुक्ति पत्र बेगार उद्योगले काममा लगाएको उनले बताए । राज्यले तोकिएको श्रम ऐन लागू हुनुपर्ने र नियुक्ति पत्र दिएर काममा लागुपर्ने माग राख्दै यहाँका श्रमिक काम बन्द गरेर उद्योग अगाडी आन्दोलनमा उत्रिएका छन् ।

प्लाष्टिकको विभिन्न सामाग्री उत्पादन हुने उद्योगको मेसिनको काम गर्दै आएका शैलेन्द्रकुमार मण्डलले काम गरेको चार वर्ष पुगिसक्दा पनि अहिलेसम्म नियुक्ति पत्र नदिएको बताए । ‘बागमति उद्योगमा काम गरेको चार वर्ष पूरा भएर अब पाँच वर्ष लाग्दैछ,’ उद्योग परिसर अगाडी आन्दोलनमा उत्रिएका उनले भने, ‘बारम्बार उद्योगका संचालक र प्रशासनलाई राज्यले लागू गरेको न्युनतम बेतन लागू गर्नुहोस् भन्दा हाम्रो माग सुनवाइ हुन सकेको छैन् ।’ बाध्य भएर यहाँ कार्यरत सम्पूर्ण श्रमिकहरू आन्दोलनमा उत्रिनु परेको उनले बताए ।

‘उद्योग संचालकले हामीलाई दिन गन्तीमा काममा लागाउने गरेको छ । ज्यालादरीमा काममा लगाए पनि हामीलाई श्रम ऐनले तोके अनुसार बेतन दिए त भयो नि ?,’ उनले गुनासो पोख्दै भने,’ सामाजिक सुरक्षा कोषको त परको कुरा अहिलेसम्म दशैंमा बोनस पनि दिएको छैन ।’ श्रम ऐन लागू गरिनुपर्ने माग राख्दै विराटनगरस्थित श्रम तथा रोजगार कार्यालय जाँदा पनि अहिलेसम्म सुनवाइ हुन नसकेको उनले बताए । ‘बार्ताको माध्यमबाट राज्यले तोकिएको श्रम ऐन लागू हुन्छ होला भनेर श्रम कार्यालय पनि पुग्यौं,’ उनले भने, ‘कुनै सुनवाइन हुन नसकेपछि बाध्य भएर आन्दोलनमा होमिएका हौं ।’

श्रमिकहरूले उठाएको १३ बुद्धे माग उद्योगले लागू गरे मात्र आन्दोलन रोकिने उनले बताए । चाँडै बार्ताको माध्यमबाट श्रमिकले उठाएको माग सुनवाइ नभए दोस्रो चरणको थप सशत्त रुपमा आन्दोलनमा उत्रिने उनीहरूको भनाई छ ।

श्रम तथा रोजगार कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले श्रम ऐन लागू नगरेको उद्योगलाई एक पटक लागू गरिन पत्रचार गरिने र दोस्रो पटक पनि लागू नगरे कारवाहीको प्रक्रिया अगाडी बढाउने बताए । श्रम ऐन २०७४ को दफा १६७ को उप दफा २ बमोजिमक श्रमिकले पाउनु पर्ने रकम नपाए उद्योगको बैंक खाता देखि चल अचल सम्पती रोक्का गर्ने अधिकार दिएकोले त्यही अनुसार अगाडी बढने उनले बताए । बागमति उद्योगको विरुद्ध श्रमिकहरूले यस अघि पनि तीन पटक उजुरी आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर