पूर्वाञ्चल खबर
विराटनगर / देबनारायण साहको अध्यक्षमा नेपाल फोटो पत्रकार महासंघको मोरङ जिल्ला कार्यसमिति गठन गरिएको छ ।
नेपाल फोटो पत्रकार महासंघका मोरङ अध्यक्ष संजिव खनाल र केन्द्रीय महासचिव हरी रेग्मीको प्रमुख आतिथ्यमा आज विराटनगरमा भएको दोश्रो जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति गठन भएको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा मनोजकुमार दाहाल, सचिवमा कौशल निरौला, सहसचिव प्रेम देवान र कोषाध्यक्षमा विनु तिम्सिना चयन भएका छन् । यसैगरी सदस्यहरुमा नविन कर्ण, प्रतिक श्रेष्ठ, जीतेन्द्रनारायण ठाकुर, रविन्द्र बराल, हरी अधिकारी, सुजाता निङ्लेकु, पुष्पराज थपलिया, ध्रुव भट्टराई, राकेश कर्ण र अर्जुन कुलुङ राई चुनिएका छन् ।
नयाँ कार्यसमितिको आजै बसेको बैठकले आउदो मंसिरको अन्तिम साता विराटनगरमा आधारभुत फोटो पत्रकारिता तालिम गर्ने निर्णय गरेको छ । फोटो पत्रकार संघमा देशभरिमा ५० वटा जिल्ला शाखाहरु रहेको जनाइएको छ ।