RUMPUM
animated ellipse animated ellipse

मोटरसाईकल दुर्घटना हुदा १ को मृत्यु १ घाईते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ मंसिर २०७६, शुक्रबार १७:०८
3
Shares

उदयपुर / उदयपुरको चौदण्डिगढी नगरपालिका ९ भिमा स्थितमा मदन भण्डारी स्मृति लोकमार्गमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

आज दिउँसो बेल्टारबाट गाईघाटतर्फ जादै गरेको को ४ प ३८३६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई विजुलिको पोलमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकल चालक सुनसरीको कालाबन्जार गाउँपालिका ३ का २३ वर्षिय दिपक कि र सोही मोटरसाईकलमा पछाडि सवार सोही स्थानका निजकै दाजु २४ वर्यिाय रमेश विक घाईते भएका थिए ।

घाईते दुवैजनाको प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा उपचार भईरहेकोमा मोटरसाईकल चालक दिपकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर