AArya
RUMPUM
animated ellipse animated ellipse

अष्ट्रेलियामा डा. विष्ट सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ कार्तिक २०७६, सोमबार १८:४२
3
Shares

अष्ट्रेलिया/ अष्ट्रेलियाको मेलबर्नमा अन्तराष्ट्रिय न्यूरो साइन्स र न्यूरोलोजि सम्बन्धी बार्षिक बैठक सम्पन्न भएको छ ।

बायोलिगसद्वारा आयोजित उक्त दुई दिने बैठक ,नेपालको वरिष्ठ न्यूरोलोजिस्ट डा. विरेन्द्रकुमार विष्टको अध्यक्षतामा सम्पन्न भएको छ ।

भारत , अमेरिका , अष्ट्रेलिया , स्विडेनलगायतका देशका वरिष्ठ न्यूरोलोजिस्ट डाक्टरहरु सो बैठकमा उपस्थित थिए । न्यूरोलोजी सम्बन्धी रोगहरुको अनुसन्धान तथा निराकरणको मुख्य उद्देश्य सहित सो अन्तराष्ट्रिय बैठक आयोजना भएको थियो ।

यस्तै सो बैठकमा नेपालको प्रतिष्ठित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालीटि हस्पिटलका वरिष्ठ न्यूरोलोजिस्ट डा.विष्टले उपस्थित देश विदेशका चिकित्सकहरुलाई बिभिन्न पक्षघातमा रक्तचापको उचित तालमेल सम्बन्धी प्रस्तुतिकरण दिए ।

सो अवसरमा बायोलिगसका प्रमुख कार्यकारी निर्देशक रुद्र भानु सत्पाथिले डा. विष्टलाई प्रशंसा पत्रले सम्मान समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर