RUMPUM
animated ellipse animated ellipse

इमोमार्फत ठगि गर्ने दुई जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ कार्तिक २०७६, शनिबार १९:५५
3
Shares

विराटनगर /मोरङ प्रहरीले इमोमार्फत ठगि गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

विराटनगर– १७ का ४३ वर्षिय रविन्द्र साह र सोही ठाउँका २२ वर्षिय सन्तोषकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले इमोमार्फत लाखौं रूपैयाँ ठगि गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका रविन्द्र सन्तोषका काका भएको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले उनीहरुले इमोमार्फत चिठा प¥यो भन्दै ठगि गरि आएको पैसाँ आइएमीमार्फत झिकेपछि प्रहरीले उनीहरूलाई विराटनगर १७ बाट पक्राउ गरिएको जानकारी दिए । उनीहरूको साथबाट नगद ४९ हजार ८ सय रुपैयाँ पनि बरामद गरिएको छ । ‘उनीहरु इमोमार्फत ठगि धन्दामा लागेको प्रारम्कि चरणको अनुसन्धानबाट देखिएको छ,’ डिएपी श्रेष्ठले भने, ‘काका रविन्द्रले भतिज सन्तोषको नाममा पैसाँ पठाउन लगाउने गरेको पाइयो ।’ प्रहरीले उनीहरूलाई पक्राउ गर्दा पनि सन्तोषको नाममा पीडितलाई पैसा पठाउने गरेको रसिद पनि फेला पारेको छ ।

इमोमार्फत चिठा प¥यो भन्दै उनीहरु दुवैजनाले कैलाली जिल्लाका सर्वसाधरणको १ लाख १० हजार ठगि गरेको उजुरी परेको छ । उनीहरूविरुद्ध कैलालीमा उजुरी परेकोले हामीले थप कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाएका छौं ।’ पक्राउ परेका दुवै जनालाई मोरङ प्रहरीले आज कैलाली प्रहरीलाई बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर