RUMPUM
animated ellipse animated ellipse

नगरबासीको सुख, शान्ति र समृद्धिको कामना गर्दै छठमा सुरु गरे महानगरका मेयर पराजुलीले सष्टाङ्ग दण्डप्रणाम गर्दै घाटको यात्रा (फोटो फिचर)

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ कार्तिक २०७६, शनिबार ११:३८
18
Shares
महानगरका मेयर भीम पराजुली १६ औ पटक साढे तीन किलोमिटर दण्ड प्रणाम गर्दै घाटसम्मको यात्रा गर्दै । तस्वीर पुष्पराज थपलिया

विराटनगर / विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली छठ पर्वको पूजाकालागि कष्टकर ब्रत बसेका छन् । निराहार ब्रत बसेका मेयर पराजुलीले १६ औ पटक दुरी नापेर सष्टाङ्ग दण्डवत गर्दै (दुरी नापेर घस्रदैंं) सिंघिया घाटमा पुगेर अस्थाउदो सूर्यलाई अर्घ दिनेछन् ।

आज विहान साढे १० बजे विराटनगर पोखरीयामा रहेको शिव पाञ्चायन मन्दिरबाट भतिज प्रमिस र श्रीमती रञ्जीतासँगै दण्ड प्रणाम गर्दै निस्कीएका पराजुली साढे तीन किलोमिटर दण्ड प्रमाण गर्दै सिंघिया घाटमा पुगेर अस्थाउँदो सूर्यलाई अर्घ दिने पराजुलीका प्रेस सल्लाहाकार कौशल निरौलाले जानकारी दिए ।

५ वर्षदेखि भतिज प्रमिसले साथ दिइरहेका मेयरलाई यसपाली मेयरका धर्मपत्नी रञ्जीतालेसमेत दण्ड प्रणाम गर्दै घाटमा पुगेर साथ दिइरहेकी छिन् । उक्त दुरी पार गर्न करिव ५ घण्टा लाग्ने मेयर पराजुलीले बताए ।

१६ बर्षयता छठ माताको ब्रत बस्दै आएका मेयर पराजुलीले १६ औ पटक दण्ड प्रणाम गर्दै सिंघीया घाटमा आज पुगेर भोली विहान उदाउँदो सूर्यलाई अर्घ दिएर ब्रत समापन गर्नेछन् ।

नगरबासीको सुख, शान्ति र समृद्धिको कामना सहित छठको कष्टपूर्ण ब्रत बसेको मेयर पराजुलीले जानकारी दिए । दण्ड प्रणाम गर्दै छठको पूजाकालागि निस्कीएका पराजुली धर्म प्रति बढी आस्था राख्छन् ।

‘पहिले म आफु र परिवारको रक्षाका लागि छठ पुजा गर्थे’ उनले भने, ‘तर अहिले सम्पुर्ण महानगरवासीको सुरक्षा र समृद्धि र लोक कल्याणका लागि गर्न थालेको छु, सकुन्जेल निरन्तरता दिने मेयर पराजुलीले बताए ।’मेयर पराजुलीलाई हौसला दिन हास्य कलाकार तथा निर्मात्री दिपाश्री निरौला तथा राष्ट्रिय गायक सुमित खडकालगायत उपस्थीत रहेका थिए ।

विश्राम गर्दै मेयर पराजुली

तस्वीरहरु पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर