RUMPUM
animated ellipse animated ellipse

हुण्डी कारोबारी पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ कार्तिक २०७६, सोमबार १९:३९
3
Shares

विराटनगर / अवैध हुण्डी कारोबारमा संलग्न एक जना विराटनगरबाट पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका ७ भाटभटेनीस्थित एक्सेल बैंक अगाडिबाट हिजो साँझ विराटनगर १५ का ४९ वर्षीय विनोदप्रसाद साह पक्राउ परेका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुका अनुसार साहका साथबाट ७ लाख १८ हजार ८ सय ६० नेपाली रुपैयाँ बरामद भएको छ । शंकास्पद रुपमा हिंडिरहेका बेला पक्राउ परेका उनलाई प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गर्दा साथमा ठूलो परिणाममा नेपाली रुपैयाँ फेला परेको थियो ।

साहले बोकेको रकमको स्रोत नखुलेपछि पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । साहलाई थप कारबाहीका लागि प्रहरीले आज राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर