RUMPUM
animated ellipse animated ellipse

दुई लाखसहित भारतीय नागरिक पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ आश्विन २०७६, मंगलवार १९:०९
3
Shares

विराटनगर /दुई लाख भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले आज विराटनगर महानगरपालिक – १५ भन्सार कार्यालयको २ नं. ढाटबाट नेपालतर्फ पैदल आउदै गरेको भारतीय माधुगढजालौन उमरी उत्तर प्रदेशका २४ वर्षिय आसुतोष सोनीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले चेकजाँच गर्ने क्रममा उनको साथमा रहेको झोलाबाट भारतीय रुपैयाँ बरामद गरेको थियो ।

भारतबाट प्रतिबन्धित नोट बोकेर नेपाल छिरेका उनी बनारसको जेजे प्लाष्टिक उद्योगको सेल्स म्यानेजर रहेको नेपाल प्रहरीले जनाएको छ । एक साताका लागि नेपाल आएका उनलाई भारतीय नोट बोकेर विराटनगरबाट काठमाडौं जाने तयारी गरिरहँदा पक्राउ गरिएको मोरङ प्रहरीका एसपी विश्व अधिकारीले जानकारी दिए ।

सोनीले भने बाटो खर्च वापत रकम बोकेको र भारतीय नोट नेपालमा प्रतिबन्धित हो भन्ने कुरा आफूलाई थाहा नभएको प्रहरीसमक्ष बयान दिएका छन् । बरामद गरेको पैसा आवश्यक कारवाहीको लागि इटहरीस्थित राजश्व अनुसन्धान कार्यालय पठाएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर