पूर्वाञ्चल खबर
विराटनग / हुण्डीको कारोबार गर्ने सुनसरी बर्जु गाउँपालिका – ३ का २४ बर्षिय उमाकान्त रायलाई प्रहरीले पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा मोरङ प्रहरीले रायलाई नगद १० लाख रुपैयाँसहित आज पक्राउ गरेको हो ।
बरामद गरेको अवैध पैसाँ हुण्डी कारोबार प्रयोग हुने गरेको स्वयम पक्राउ परेका रायले स्वीकार गरेको मोरङ प्रहरीका प्रवक्ता डिएपी राजकुमार खिउँजुले जानकारी दिए । ‘बरामद भएको रुपैयाँ सम्बन्धित ठाउँमा लैजाने तयारी गर्दा जफत गरेको हो,’ उनले भने, ‘स्रोत खुलाउन नसेको अवैध रुपैयाँ कहाँ लैजान खालेको त्यो भने अहिले खुलेको छैन । हामी अनुसन्धानको क्रममा छौं ।’ प्रहरीले कडा निगरानी राखिएपनि विराटनगर महानगरपालिका क्षेत्रमा अवैध हुण्डीको कारोबार हुने गरेको यसले घटनाले पुस्टि गरेको छ ।