पूर्वाञ्चल खबर
विराटनगर/ नेपाल लेखापढी व्यवसायी एशोसिएसन इकाइ समिति विराटनगर मोरङका अध्यक्षमा कञ्चन न्यौपाने निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी रामप्रसादद सिंह गनगाईलाई ७७ मत अन्तरले पछि पार्दै लेखापढी व्यवसायी एशोसिएसनको अध्यक्षमा न्यौपाने निर्वाचित भएका हुन् ।
आज सार्वजानिक भएको मत परिणाम अनुसार न्यौपानेले १ सय ६४ मत ल्याउँदा उनका प्रतिद्धोन्द्धी गनगाईले ८७ मात्र मत प्राप्त गरेका थिए । उपाध्यक्षमा चन्द्रलाल माझिले १ सय ७ मत, सचिवमा शिवशंकर गामीले १ सय ९६, सह–सचिवमा तोयानाथ काफलले १ सय २१ मत, हृदयकुमार राजवंशीले १ सय २३, सहकोषाध्यक्ष गुणराज धमलाले १ सय ३५ मत प्राप्त गरि निर्वाचत भएका छन् ।
सदस्यहरूमा धनन्जय खनाल, मनोजकुमार यादव, आशिष राजवंशी, मदन कटुवाल, हेमराज यादव, नारयणकुमार यादव निर्वाचित भएका छन् ।