पूर्वाञ्चल खबर
विराटनगर / राष्ट्रिय परिक्षा बोर्डले कक्षा–११ को हालै प्रकाशित नतिजामा होटेल मनेजमेन्ट संकायमा सेन्ट जोसेफ कलेजले प्रदेश १ प्रथम भएको दावी गरेको छ ।
कक्षा ११ का विराट कोइरालाले ३ दशमलव ५० जिपिए ल्याई प्रदेश १ प्रथम रहेको सेन्टजोसेफका निर्देशक रोहितजंग थपलियाले जानकारी दिए । निर्देशक थपलियाका अनुसार होटेल मनेजमेन्टमा ६० विद्यार्थी रहेको कोइरालालेले प्रदेश १ भर उत्कृष्ट नतिजा ल्याएको बताए ।
होटेल मनेजमेन्टमा ६० विद्यार्थी मध्ये ए १५, वि प्लस २८, वि१२ र सि प्लस ५ जना तथा विज्ञान संकायमा १ सय २८ मध्ये ए १७, वि प्लस २३, वि ६ र सि प्लस १९ र सि १ जना विद्यार्थीले ल्याउन सफल भएको कलेजले जनाएको छ । २ जना विद्यार्थी भने परिक्षामा सामेल नभएको समेत कलेजले जनाएको छ ।