RUMPUM
animated ellipse animated ellipse

पथरीशनिश्चरेमा जंगली हात्तीको आक्रमणले आधा दर्जन घरमा क्षति

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ भाद्र २०७६, बिहीबार १५:२९
3
Shares

पथरी / मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर १० मा स्थित जिरिखिम्ती टोलमा गएराती जंगली हात्तीले आधा दर्जन बढी घरमा क्षति पुर्याएको छ । सो क्षतिग्रस्त ठाउँमा नगर प्रमुख दिलिपकुमार राईले आज अनुगमन गरेका छन् ।

नगर प्रमुख राईले क्षति भएको घर घरमा पुग्दा स्थानीयहरुले हात्ती आएको र क्षति पुर्याएको बारे विस्तृत जानकारी गराए । जंगली हात्तीले धान, मकै र जाड नष्ट गर्नुका साथै घरका भित्ताहरु भत्काए थिए ।

स्थानीय योगमाया घिमिरेको घरको भित्ता हात्तीले भत्काएको छ । यस्तै खडानन्द खतिवडाको घर दिवाल भत्काएर धेरै क्षति गरेको हो । त्यस्तै पुष्प दर्जी, इन्द्रबहादुर कार्की, चन्द्रमाया दियाली र नरबहादुर कटुवाललगायतको घरमा क्षति पु¥याएको हो । गत राति ५ वटा समूहमा आएको हात्तीले ति घरहरुमा क्षति पु¥याएको हो ।

नगर प्रमुख राईसहित पथरीशनिश्चरे नं. १ का अध्यक्ष बाबुराम ऐङ्देन, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दिपक बस्नेत र इलाका प्रहरी कार्यालय पथरीको टोली क्षति भएको सबै घरमा पुगेका थिए । यस्तै हात्तीले क्षति पु¥याएको स्थानको निरीक्षण गरिसकेपछि नगर प्रमुख राईले क्षति भएका परिवारलाई राहतको व्यवस्था गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर