पूर्वाञ्चल खबर
आज बिहान सम्दुबाट म्याङलुङतर्फ आउदै गरेको स १ ज २७२ नम्बरको लेन्डरोभर गाडी आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी २५ मिटर तल खस्दा उक्त गाडीमा सवार चालक सहित १५ जना मध्ये ११ जना घाईते भएका हुन् ।
घाईते हुनेहरुमा तेह्रथुमको फेदाप गाउँपालिका ४ का ४० वर्षिय योगेन्द्र लिम्बु, सोही गाउँपालिका ५ का ३३ वर्षिय महेन्द्रकुमार थापा, ४२ वर्षिय खड्कबहादुर लिम्बु, ४४ वर्षिय गंगा लिम्बु, म्याङलुङ नगरपालिका ९ की ३५ वर्षिय शान्तिला लिम्बु, ४२ वर्षिय विरबहादुर लिम्बु र उनकै छोरा ११ वर्षिय विज्ञान लिम्बु, मोरङको सुन्दर हरैचा नगरपालिका ७ का ३५ वर्षिय कमल कोईराला, उर्लाबारी नगरपालिका ४ का २१ वर्षिय सञ्जय थापा, झापाको दमक नगरपालिका १ का ४० वर्षिय दिलबहादुर कार्की र मोरङको मधूमल्ला गाउँपालिका ३ का ३२ वर्षिय सन्तोष कार्की रहेका छन् ।
घाईतेहरुको जिल्ला अस्पताल म्याङलुङ तेह्रथुममा उपचार भईरहेको छ । दुर्घटना पश्चात चालक फरार रहेका छन भने सहचालकलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले नियन्त्रणमा लिएको तेह्रथुम प्रहरीले जनाएको छ ।