AArya
RUMPUM
animated ellipse animated ellipse

कटहरीले ल्यायो ३४ करोड ६५ लाखको बजेट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ श्रावण २०७६, बिहीबार २१:०७
3
Shares
विराटनगर/ मोरङको कटहरी गाउँपालिकाले ३४ करोड ६५ लाख १५ हजार रूपैयाँ बजेट आज सार्वजानिक गरेको छ । कटहरी गाउँपलिाकी उपप्रमुख मन्जिता सरदारले आर्थिक वर्षको लागि सो बरावरको बजेट सार्वजानिक गरेकी हुन् ।
चालु खर्चतर्फ १५ करोड ४ लाख १५ हजार र पूजीगतर्फ १९ करोड ६१ लाख रूपैयाँ रहेको छ ।

गाउँपालिकाले पूर्वाधार विकासतर्फ कूल बजेटको ४९.०३ प्रतिशत अर्थात १२ करोड ३३ लाख ७१ हजार रुपैयाँ बजेट बिनायोजन गरेको छ । यस्तै सामाजिक विकासतर्फ ११.९३ प्रतिशत अर्थात ३ करोड २९ लाख वातावरण तथा विपद व्यवस्थापनतर्फ ६४ लाख, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ २ करोड ८३ लाख र प्रशासनिक खर्च ५ करोड ५५ लाख १५ हजार रूपैयाँ छुटयाएको छ ।
गाउँपालिकाको आन्तरीक आम्दानी २ करोड रहेको छ ।

यस्तै संघ वितिय समानिकरण अनुदानबाट १२ करोड ८८ लाख, प्रदेश समानिकरण अनुदानबाट ७४ लाख ५१ हजार, संघ राजश्व बाँडफाँड अनुदानबाट ८ करोड ४४ लाख, प्रदेश राजश्व बाँडफाँड अनुदानबाट ५९लाख ६४ हजार रुपैयाँ र संघ सर्शत अनुदानबाट ९ लाख ४९हजार रुपैयाँ आम्दानी हुने गाउँपालिकाका प्रशासकिय अधिकृत गणेशबहादुर कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर