RUMPUM
animated ellipse animated ellipse

तास खेल्दै गरेका ६ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ श्रावण २०७६, बुधबार १८:३०
3
Shares

सुनसरी / सुनसरीको ईटहरी उपमहानगरपालिका २ स्थित हलगढामा रहेको सुर्यदय होटलबाट तास खेल्दै गरेका ६ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ ।

होटलमा पैसाको बाजी थापी अवैध जुवा तास भई रहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलिले सुनसरीको ईटहरी उपमहानगरपालिका २ का ४८ वर्षिय डोमी चौधरी, ४५ वर्षिय झलकबहादुर कार्की, ३७ वर्षिय अनिल तामाङ, ५८ वर्षिय गोपाल निरौला, सोही उपमहानगरपालिका ४ ३६ वर्षिय विदुर मिश्र र सोही उपमहानगरपालिका ५ २६ वर्षिय मुकुन्द काफ्ले समेतलाई पक्राउ गरेको छ ।

प्रहरीले तास खेलेको ठाउबाट ३५ हजार ८ सय ८० नगद, क्याल्कुलेटर, तास १६२ पत्ती बरामद गरेको छ । पक्राउ परेका ६ जनालाई नै ईलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर