पूर्वाञ्चल खबर
उर्लाबारी / एकसाता अधिको बाढीका कारण विस्थापित उर्लाबारी ८ का ६ परिवारलाई गृहमन्त्री पुत्र एवं स्वकीय सचीव प्रतीक थापाले सहयोग प्रदान गरेका छ्न ।

उनले ८ थान फिल्टर बाल्टिनसहितको सेट ढुवानी समेत गरि करिब ३८ हजार रुपैयाँको लागत लागेको जानकारी दिईएको छ । उर्लाबारी ७ का जीवन गुरागाँई , उमेश थापा, बिष्णु गुरागाँई लगायतको समन्वयमा थापाले सो सहयोग उपलब्ध गराएको जीवन गुरागाँईले जानकारी दिए ।
पीडित ६ परिवारलाई पानीजन्य रोगबाट बचाउन ६ थान पानी फिल्टर र विस्थापित भएर आश्रयमा रहेकोे बहादुर बाबा आधारभुत विद्यालयलाई २ थान गरि ८ थान फिल्टर वितरण गरिएको हो । सोही समयमा ब्यवसायी उमेश थापाले ६ क्रेट अण्डा समेत वितरण गरेका थिए । यसरी फिल्टर पाउनेमा मण्डल मुर्मु , बुद्धिलाल हेमरन, डेगमाया सोरेन , मुसई हेमरन, जेठा मर्डी र करण मर्डी को परिवार रहेका छन ।