पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर–२ मा रहेको कोशी मल्टीपल क्याम्पसले कक्षा ११ मा भर्ना भएका २४ औ ब्याचका व्यवस्थाप तथा एजुकेशन संकायका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ ।
गुणस्तरीय शिक्षा र कलेजको बारेमा भर्ना भएका कक्षा ११ मा भर्ना भएका ३ सय ५ विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो । व्यवस्थाप संकायमा २ सय ५५ तथा एजुकेशन संकायमा ५० जना विद्यार्थीले भर्ना गरेको कलेजले जनाएको छ ।
कार्यक्रममा डिग्री क्याम्पसका क्याम्पस प्रमुख महेश खत्री, क्याम्पसका निर्देशक महेश सोनी, ज्ञ्यालेक्सी पब्लिक स्कूलका प्रिन्सिपल अशोक लामा, कोरवान स्कूलका भाइस प्रिन्सिपल प्रदिप बराल, क्याम्पसका को–अर्डिनेटर भवानी दाहाल र शिक्षक विनोद खडकालगायतले बोलेका थिए ।