AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेडमा अभिभावकलाई अभिमुखिकरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ पुष २०७३, शनिबार १८:०६
3
Shares
१६ पुस,विराटनगर/ विराटनगर – ११ हाटखोलमा रहेको ग्रेडेड बोडिर्ङ स्कूलका अभिभावकहरुलाई एक दिन अभिमुखिकरण तालिम दिएको छ ।विराटनगरमा शनिबार कार्यक्रम आयोजना तालिम दिएको हो ।
स्कूलमा अध्ययरत आफ्नो छोराछोरीप्रति जिम्मेवार बोध गराउनुको साथै पढाईमा लगाब बढाउन ज्ञानमुकल तालिम दिएको स्कुलका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले जानकारी दिए ।
तालिमको सहजिकरण सी.टी. अफ् नेपालका विनोद कार्की, डिल्ली निरौला र चन्द्रकला कटुवालले गरेका थिए ।
समापन कार्यक्रममा बोल्दै स्कुलका निर्देशक केशवलालसिंह सुवालले विद्यालयले दिने व्यवहारीक शिक्षा भन्दा अभिभावक आफ्नो छोराछोरीप्रतिको भुमिका महत्वपूर्ण रहेको बताए ।
तालिममा २ सय भन्दा बढी अभिभावकहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर