पूर्वाञ्चल खबर
विराटनगर । कोपा अमेरिका फुटबलको समूह सी को खेलमा उरुग्वेले इक्वेडरलाई फराकिलो अन्तरले पराजित गरेको छ भने कतारले पाराग्वेलाई बराबरीमा रोकेको छ ।
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा आज बिहान भएको खेलमा उरुग्वेले इक्वेडरलाई ४–० फाराकिलो गोलअन्तरले पराजित गरेको हो । उरुग्वेको जितमा निकोलस लोडेरो, इडिन्सन काभनी र लुइस स्वारेजले गोल गरे । त्यस्तै, एक गोल भने उपाहारस्वरुप पाएको थियो ।
उरुग्वेले खेलको सुरुवात देखि नै बलमा पकड कायम गरेको थियो । लुइस सुआरेजको पासमा निकोलस लोडीएरोले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाए । २४ औं मिनेटमा जोसे क्विन्टेरोस सिंधै रातो कार्ड खाँदै मैदान छाडेपछि इक्वेडर १० खेलाडीमा सिमित भएको थियो । ३३ औं मिनेटमा डिएगो गोडीनको पासमा एडिन्सन काभानीले गोल गर्दै उरुग्वेको अग्रता दोब्बर पारे । उनले गोडीनको हेडर पासलाई ६ यार्ड बक्सभित्र उत्कृष्ट भली प्रहार गर्दै गोल गरेका थिए । पहिलो हाफको एक मिनेट बाँकी रहँदा सुआरेजले मार्टिन कासेरेसको पासमा गोल गर्दै उरुग्वेलाई ३–० को अग्रता दिलाए ।
इक्वेडरका आर्टुरो मिनाले खेलको ७८औं मिनेटमा आत्मघाती गोल गरेपछि उरुग्वेले ४–० गोलको जित हात पारेको हो । यो जितसँगै उरुग्वेले समूह ‘सी’ मा महत्त्वपूर्ण ३ अंक जोडेको छ । इक्वेडर र उरुग्वेसँगै यस समूहमा जापान र चिली पनि रहेका छन ।
त्यस्तै कोपा अमेरिका फुटबलमा पहिलोपटक सहभागिता जनाएको कतारले भने पाराग्वेलाई २–२ गोलको बराबरीमा रोकेको छ । दुई गोलले पछि परेको अवस्थामा कतारले गोल गर्दै बराबरी पाराग्वेलाई बराबरीमा राकेकोे हो ।
त्यस्तै कोपा अमेरिका फुटबलमा पहिलोपटक सहभागिता जनाएको कतारले भने पाराग्वेलाई २–२ गोलको बराबरीमा रोकेको छ । दुई गोलले पछि परेको अवस्थामा कतारले गोल गर्दै बराबरी पाराग्वेलाई बराबरीमा राकेकोे हो ।
स्तै कोपा अमेरिका फुटबलमा पहिलोपटक सहभागिता जनाएको कतारले भने पाराग्वेलाई २–२ गोलको बराबरीमा रोकेको छ । दुई गोलले पछि परेको अवस्थामा कतारले गोल गर्दै बराबरी पाराग्वेलाई बराबरीमा राकेकोे हो ।