RUMPUM
animated ellipse animated ellipse

भारतले चिर प्रतिद्धन्दी पाकिस्तानविच ओल्ड ट्राफोर्डमा भिड्दै, विश्वकपमा भारतविरुद पहिर्लो पहिलो जितको खाजीमा पाकिस्तानको

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ असार २०७६, आईतवार ०८:५१
3
Shares

विराटनगर / इंग्ल्यान्डमा जारी १२औं आइसिसी विश्वकप क्रिकेटअन्तर्गत भारतले आज चर्चित प्रतिद्धन्दी पाकिस्तानसँग खेल्दैछ । विश्वकै चर्चित प्रतिद्धन्दी मानिने यी दुई छिमेकी देशको प्रतिस्पर्धा विश्वभरका क्रिकेट समर्थकहरुले पर्खीरहेका छन् ।

भारत र पाकिस्तान ओल्ड ट्राफोर्डमा हुने खेलअघि विश्वकपको इतिहास भने भारतको पक्षमा रहेको छ । विश्वकप क्रिकेटमा यी दुई देशविच भएको ६ खेलमा भारतले सवै खेलमा अपराजित यात्रामा रहेको छ भने पाकिस्तानको विश्वकपमा भारतलाई पहिलो जित हार्दै विश्वकपमा भारतको अपराजित यात्रा तोड्ने तरखरमा छ ।

भारत अहिले उत्कृष्ट लयमा छ । विराट कोहली नेतृत्वको टोलीले यसअघि दक्षिण अफ्रिका र अस्ट्रेलियाविरुद्धको दुवै खेलमा सहज जित हासिल गरेको थियो भने न्युजिल्यान्डविरुद्धको खेल वर्षाले बिथोलेपछि दुवैले १–१ अंक पाएका थिए ।

पाकिस्तानको जित यात्रा मिश्रित छ । पाकिस्तानकाले पहिलो खेल वेष्टइन्डिजलाई ७ विकेटले खेल सुम्पिएको थियो भने दोस्रो खेलमा आयोजक इंग्ल्याण्डलाई १४ रनले पराजित गर्दै विश्वकपमा सनसनी मचाएको छ । त्यस्तै अष्ट्रेलीयासँग ४१ रनले पराजित भएको थियो । यी दुईको पछिल्लो खेल सन् २०१७ को च्याम्पियन्स ट्रफीको फाइनलमा भेट भएको थियो । उक्त फाइनल भारत पाकिस्तानसँग १ सय ८० रनको फराकिलो रन अन्तरले पराजित हुँदै उपाधि सुम्पिएको थियो ।

बायाँहाते तीव्र बलर मोहम्मद अमिरले बुधबार अस्ट्रेलियाविरुद्ध करिअरकै उत्कृष्ट प्रदर्शन गदै (५–३०) गरेपछि अस्ट्रेलिया ३ सय ७ रनमा अलआउट भएको थियो । जसप्रित बुमराह, भारत

भारतका फास्ट बलर जसप्रित बुमराहकोे सटिक बलिङ आक्रमणका अगाडि विपक्षी ब्याट्सम्यानलाई रन बनाउन मात्र होइन, विकेट जोगाउन पनि गाह्रो हुन्छ । उनको अनौठो बलिङ शैलीका लागि प्रसिद्ध छन् ।

ठुलो किर्तिमान नजिक कोहली
कोहली एकदिवसीय अन्तर्रराष्ट्रियमा ११,००० रन पुरा गर्न मात्र ५७ रन मात्र टाढा रहेका छन् । ३१ वर्षीय कोहलीले २२९ एकदिवसीय खेल्दा २२१ इनिङमा ब्याटिङ गर्दै ५९.४७ को शानदार औशतले कुल १०,९४३ रन बनाएका छन् । कोहलीलाई पाकिस्तानसंग ५७ रन बनाउदै सचिन तेन्दुलकरले बनाएको सबैभन्दा छिटो ११,००० रन पुरा गर्ने ब्याट्सम्यानको १७ वर्ष पुरानो रेकर्ड तोड्ने मौका रहेको छ। सचिनले सन् २००२ जनवरीमा इंग्ल्याण्डसंग उक्त किर्तिमान बनाएका थिए ।

सचिनले २७६ इनिङमा ११,००० रन पुरा गरेका थिए भने कोहली सचिन भन्दा निकै चांडो अर्थात् २२१ इनिंग खेल्दानै यो रेकर्ड नजिक पुगेका हुन् ।

कोहलीले गत वर्ष अक्टोबरमा वेस्ट इन्डिजसंग एकदिवसीय अन्तराष्ट्रियमा १०,००० रन पुरा गरेका थिए। सो क्रममा पनि उनले सचिन सबै भन्दा छिटो १०,००० रन बनाउने ब्याट्सम्यानको रेकर्ड तोड्दै २०५ इनिंगमा उक्त रन बनाएका थिए ।

यदी कोहलीले ११,००० रन पुरा गरे यति रन पुरा गर्ने विश्वकै नवौं खेलाडी तथा तेश्रो भारतीय खेलाडी बन्नेछन ्। भारतीय ब्याट्सम्यान मध्ये सचिन तेन्दुलकर र सौरभ गांगुलीले मात्र ११,००० रन पुरा गरेका छन्।
११,००० रन पुरा गर्ने ब्याट्सम्यान मध्ये सचिन ( २७६ इनिङ ) पछि दोश्रो छिटो अस्ट्रेलियन पुर्व कप्तान रिकी पोंटिंग ( २८६ इनिङ ) छन्। यस्तै तेश्रो छिटो भारतीय पुर्व कप्तान सौरभ गांगुली ( २८८ इनिङ ) , चौथो छिटो दक्षिण अफ्रीकाका ज्याक कालिस ( २९३ इनिङ ) तथा पाँचौ छिटो श्रीलंकाका कुमार संगाकारा ( ३१८ इनिङ ) रहेका छन्।

एकदिवसीय अन्तराष्ट्रियमा १४ जना ब्याट्सम्यानले मात्र १०,००० रन माथि बनाएका छन्। सबैभन्दा धेरै सचिन तेन्दुलकरले १८,४२६ , कुमार संगाकाराले १४,२३४, रिकी पोंटिंगले १३,७०४, सनथ जयसुर्यले १३,४३०, महेला जयवर्द्धनेले १२,६५०, इन्जमाम उल हकले ११,७३९, ज्याक कालिसले ११,५७९, सौरभ गांगुलीले ११,३६३, बिराट कोहलीले १०,९४३, राहुल द्रविडले १०,८८९, महेन्द्र सिंह धोनीले १०,५६१, ब्रायन लाराले १०,४०५, तिलकरत्ने दिल्सानले १०,२९० तथा क्रिस गेलले १०,२५८ रन बनाएका छन्।

एकदिवसीय अन्तराष्ट्रियको वरियतामा पहिलो स्थानमा रहेका कोहलीले सन् २००८ मा श्रीलंका बिरुद्ध डेब्यु गरेका थिए।

११ वर्षमा कोहलीले २२९ ओडीआई खेल्दा ५९.४७ को औशत र ९२.९३ को स्ट्राइक रेटले १०,९४३ रन बनाएका हुन्। यस क्रममा दायाँ हाते ब्याट्सम्यानले ४१ शतक र ५० अर्धशतक प्रहार गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर