पूर्वाञ्चल खबर
केशब न्यौपाने
मोरगको सुनबर्षी २ अमरदहमा जारी तेस्रो अमरदह ढल्के जोबन गोल्ड कप फुटबल खेल २०७६ को उदघाटन खेलमा आयोजक बि लाई १ -३ गोल अन्तरले हराउदै सखुवासभा भेट्रान क्वाटरफाइनल मा पुगेको छ ।
अमरदह ढल्के जोवन यूवा क्लबको आयोजनामा अमरदहको विरेन्द्र सार्वजनिक माविको खेलमैदान सञ्चालित प्रतियोगितामा सखुवासभाको लागि प्रेम घिमिरे १ र सतिश केसीले २ गोल गरेका थिए । १ गोल आयोजकका बुद्ध हाङ राइले गरे ।
खेलको म्यान अफ द म्याच संखुवासभाका प्रेम घिमिरे घोषित भए ।
जेठ ७ गते सम्म हुने खेलमा प्रदेश १ का १६ टिमको सहभागिता रहेको छ । विजेताले २ लाख ११ हजार र उपविजेताले १ लाख ५१ हजार शिल्ड मेडल पाउने छन् ।