RUMPUM
animated ellipse animated ellipse

बिद्युतको झड्काले लागि १ को मृत्यु ५ जना घाईते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ बैशाख २०७६, बिहीबार १६:१४
3
Shares

संखुवासभा / घरमा जडान भएको बिद्युत बाल्ने क्रममा तथा मोवायल चार्ज गर्ने क्रममा बिद्युतको झट्काले लागेर संखुवासाभामा एक जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।

संखुवासभाको सभापोखरी गाउँपालिका ६ स्वीचमा बिद्युत बाल्ने क्रममा तथा मोवायल चार्ज गर्ने क्रममा अचानक भोल्टेज धेरै आई करेन्ट लाग्दा स्थानीय २३ वर्षिय भुपाल बिक, ३६ वर्षिय तारा बिक, १४ वर्षिय मन्जु बिक, ६५ वर्षिय की भगवती बि।क, बर्ष ६० को कुल बहादुर बिक र ५६ वर्षिय धनमान वनेम घाईते भएका थिए ।

घाईतेहरु मध्ये भुपाल, तारा, मन्जु र भगवती बिकलाई उपचारको लागि जिल्ला अस्पताल खाँदवारी पठाईएकोमा उपचारको क्रममा भुपाल बिकको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । अन्य घाईतेहरुको उक्त अस्पतालमा उपचार भईरहेको छ भने कुलबहादुर बिक र धनमान वनेमको बाह्रबिसे मेडिकल हल सभापोखरीमा उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर