पूर्वाञ्चल खबर
राष्ट्रिय समाचार समितिले आजदेखि विराटनगरमा शुरु गरेको प्रादेशिक पत्रकारीता तालिमको उद्घाटन गदै मुख्यमन्त्री राईले नागरिक र सरकार विच सुचना आदान प्रदान गर्ने पत्रकारिता पेशालाई नेपालको सन्र्दभमा मर्यादित वनाउनु आवश्यक रहेकोमा जोड दिए ।
मुख्यमन्त्री राईले राष्ट्रिय समाचार समिती सरकारको मातहतमा रहेको संस्था भएपनि सरकारको वारेमा ढाक छोप नगरिकन सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनले कतिपय अवस्थामा मिडियाको दुरुपयोग भइरहेकाले संचारमाध्यमहरु मर्यादित हुनु जरुरी रहेको वताए ।
मुख्यमन्त्री राईले सरकारी संचारमाध्यमले आफुलाई ससक्त वनाउन सके सत्यतथ्य समाचार वाहिर आउने भएकाले सरकारी संचारमाध्यमले आफुलाई नयाँ गति र नयाँ उचाईका साथ अघि वढाउनु पर्ने वताए ।
राष्ट्रिय समाचार समितीका अध्यक्ष हरीहर अधिकारीले राष्ट्रिय समाचार समितीलाई हेर्ने पराम्परागत दिष्टिकोण त्याग्नुपर्नेमा जोड दिए । तीन दिनसम्म चल्ने सो तालिममा प्रदेश न १ का १४ जिल्लाका रासस संवाददाता सहित ३५ जनाको सहभागिता रहेको छ ।