AArya
RUMPUM
animated ellipse animated ellipse

मिस विराटनगरका प्रतियोगिले देखाए प्रतिभा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ पुष २०७३, मंगलवार २०:४४
3
Shares
तस्वीरः प्रेम देवान
१२ पुस विराटनगर /युवतीहरुमा भएको प्रतिभा प्रस्फुटन गर्ने उेद्दश्यले आयोजना गरिएको मिस विराटनगरका प्रतिस्प्रधीहरुले आ–आफ्नो प्रतिभा देखाएका छन् ।
विराटनगर बरगाछीमा रहेको स्याम पार्टी प्यालेसमा आज मंगलबार अडिसनबाट २० किशोरी छानिएका छन् ।
दोस्रो अडिसनको निर्णक मण्डलहरुमा एक्टिभ मिडीयाकी आभा अनुपमा, मकालु टेलिभिजनका सिइओ दिवश सुवेदी मिस विराटनगरका निर्देशक अमित गुप्ता एमएम प्रा्ड्क्शनकी भिजे रिता कट्टेल रहेका थिए । त्यसैगरी प्रमुख अतिथीमा व्यूटिसीयन चन्द्रकला राई रहेकी थिइन् ।
अंग्रेजी महिनाको नयाँ वर्ष २०१७ को अवसर पारेर आयोजना गरिएको प्रतियोगिता एक्टिभ ईन्टरनेशनल मिडिया प्रालिको आयोजना तथा लक्ष्य ईम्पोरियम विराटनगरको सहकार्यमा हुदैछ ।
दोस्रो अडिसनबाट छनौट भएका किशोरीहलाई आगामी पुस १७ गते अर्थात नयाँ वर्षको उपलक्ष्यमा विराटनगरमा हुने फाइलनमा प्रवेश गराउने मिस विराटनगरका मेनेजिङ डाईरेक्टर कौशलभगतले जानकारी दिए ।
किशोरीहरुलाई ट्रेनिङ अवधीभर व्यक्तित्व विकास, भाषण कला, पहिरान, आउड डोर फोटो सुट गर्नुको साथै प्रतिभा उजार गर्ने मुख्य उद्देस्य रहेको छ । साथै ट्रेनिङको संयोजन एम.एम प्रोडक्शनकी भिजे रिता कटेलले गर्नेभएकी छिन् ।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार नगद प्राप्त गर्नेछन् । यस्तै फस्ट रनरअपले नगद ५१ हजार र सेकेन्ड रनरअपले २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर