AArya
RUMPUM
animated ellipse animated ellipse

टेबल टेनिस मा नेपाल पुलिसलाई चार स्वर्ण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ पुष २०७३, सोमबार १८:११
3
Shares
११ पुस,विराटनगर /सातौं राष्ट्रिय खेलकुद अन्र्तगत शहिद रंगशालास्थित कभर्डहलमा भएको टेबल टेनिस खेलमा नेपाल पुलिसले चार स्वर्ण कब्जा गरेको छ ।

पुलिसले पुरुष टिम इभेन्टस् , महिला टिम ईभेन्टस्, मिक्स डबल्स र पुरुष डबल्समा स्वर्ण हात पार्न सफल भएको हो । नेपाल आर्मीले महिला डबल्समा स्वर्ण पाएको छ । सोमबार मिक्स डबल्सको फाइनल खेल सकिएसँगै पाँच वटा पदकको लागि भएको खेलमा पुलिसले आफ्नो बर्चस्व जमाएको हो ।

पाँच वटा पदकको लागि भएको खेल सकिएसँगै दुई ओटा पदकको लागि एकल अन्र्तगत लिग चरणको खेलहरु भैरहेका छन । लिग चरणमा महिलाको ९० वटा र पुरुषको १०० वटा खेल हुनेछ । लिग चरणमा १६ जना महिला र १६ जना पुुरुष छनौंट हुनेछन । लिग चरणपछि नकआउट चरणका खेलहरु हुने छ ।

नकआउट चरणमा ८ वटा प्रि क्वार्टर फाईन, ४ वटा क्वार्टर फाइनल, २ वटा सेमिफाइनल र एक वटा खेल फाईनलमा हुनेछ । महिला पुरुषको गरी १५ वटा खेल नकआउट चरणमा हुनेछन ।

टेबल टेनिसमा ५ वटा विकास क्षेत्र र ३ वटा विभागिय टिम गरी ८ टिमको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर