RUMPUM
animated ellipse animated ellipse

विप्लव समूहका मोरङ इञ्चार्ज श्रेष्ठ पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ चैत्र २०७५, बुधबार १५:४९
3
Shares

विराटनगर / प्रहरीले प्रतिबन्धित नेकपा विप्लव समूहका मोरङ इन्चार्ज कृष्णकुमार श्रेष्ठ ( प्रज्वल) लाई पक्राउ गरेको छ ।
प्रज्वललाई मोरङको सुन्दरहरैचाबाट आज प्रहरीले पक्राउ गरेको हो । प्रज्वललाई पक्राउ गरेको औपचारिक पुष्टि प्रहरीले गरेको छैन । मोरङ प्रहरी स्रोतका अनुसार पक्राउ गरिएका इन्चार्ज प्रज्वललाई अनुसन्धानका लागि सुनसरी लगिएको छ ।
शान्ति प्रक्रियापछि काठमाडौं आएका उनी मिर्मिरे एफएमको समाचार शाखा प्रमुखसमेत बनेका थिए । पार्टी विभाजनपछि उनी मोहन वैद्य हुँदै विप्लव समूहमा लागेका थिए ।

दुई दिनअघि मात्रै मोरङको कानेपोखरी गाउँपालिकास्थित बयरबन, नारायण चौकबाट विप्लव समूहका कोशी व्यूरो इन्चार्ज घनश्याम श्रेष्ठ (पुस्कर) र सदस्य माधव गौतमलाई पक्राउ गरेको थियो ।

उनीहरू दुवैलाई इलाका प्रहरी धरानले हिरासतमा राखेर संगठित अपराधअन्तर्गत मुद्दा चलाएको छ । सरकारले गत फागुन २८ गते प्रतिवन्ध लगाएपछि विप्लव समूहका नेता–कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् । पक्राउ परेकाहरूमध्ये हालसम्म उच्चस्तरको नेता भने मध्यकमाण्ड इञ्चार्ज हेमन्त प्रकाश ओली (सुदर्शन) हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर