RUMPUM
animated ellipse animated ellipse

उपन्यासकार श्रेष्ठको ‘अधुरो नाता’ विमोचन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ चैत्र २०७५, शनिबार २०:१८
3
Shares

विराटनगर / उपन्यासकार ममता श्रेष्ठको ‘अधुरो नाता’ उपन्यास विमोचन गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा ‘अधुरो नाता’ उपन्यास विमोचन गरिएको हो । सामाजिक घटना र प्रेमलाई मुख्य विषयवस्तु बनाएर लेखिएको उपन्यासलाई प्रतिष्ठानले प्रकाशित गरेको हो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेल, अग्रज साहित्यकार रमाप्रसाद रिजाल, बलराम पोखरेल, सरला चापागाईं, शोभा लामा बल, पत्रकार महासंघ प्रदेश–१ का अध्यक्ष विक्रम लुइँटेललगायतले संयुक्त रुपमा उपन्यासको विमोचन गरेका थिए ।

विमोचित कृतिमाथि साहित्यकार गायत्रीकुमार चापागाईं र शंकर सुवेदी ‘उत्स’ले समीक्षा गरे । विमोचित उपन्यास वर्तमान नेपाली समाजको प्रतिबम्बका रुपमा प्रस्तुत भएको समीक्षकद्वय चापागाईं र सुवेदीले भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका दधिराज सुवेदी, साहित्यकार बलराम पोखरेल, प्राज्ञ विवश पोखरेल, पत्रकार महासंघ प्रदेश–१ का अध्यक्ष विक्रम लुइँटेल, प्रतिष्ठानका उपाध्यक्ष भूषण ढुंगेल, सचिव मीनकुमार नवोदितलगायतले पठन संस्कृतिको विकासले मात्रै प्रकाशित हुने नयाँ कृतिले बजार पाउने विचार व्यक्त गरे । साढे तीन दशकभन्दा लामो समयदेखि नेपाली भाषा र साहित्यको विकासमा सक्रिय प्रतिष्ठानले हालसम्म ७६ वटा कृति प्रकाशित गरिसकेको छ । श्रेष्ठको उपन्यास ‘अधुरो नाता’ प्रतिष्ठानले प्रकाशित गरेको ७६ औं कृति हो । श्रेष्ठले यसअघि दुईवटा कृति प्रकाशित गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर