पूर्वाञ्चल खबर
विराटनगर / विगत ३५ बर्ष देखि शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सफलताको ईतिहास रच्न सफल बिराटनगर – २ मा रहेको बूढानिलकण्ठ अंग्रेजी मा. वि. मा विभिन्न कार्यक्रमका साथ ‘फन फिस्टा २०७५’ को आयोजना गरेको छ ।
आगन्तुक पाउनाहरुलाई पञ्चकन्याद्धारा स्वागत गरी शुरु गरिएको उक्त कार्यक्रममा विभिन्न सुमधुर संगित वाधन, मनोरञ्जनात्मक नृत्य तथा गायन समेतको सांङ्गितिक कार्यक्रमका साथ विभिन्न आठ वटा रोमाञ्चक खेलहरु, रोबोटीक स्टल, फेस पेन्टिङ् तथा बिभिन्न परिकारका खानाका परिकारहरुले सझिएका स्टलहरु समेत समेटिएका थिए ।
मनोरञ्जनात्मक कार्यक्रमहरु अन्तरगत अभिभावकहरुकोे नृत्य, फेशन सो, नाटक मञ्चन तथा अन्य रमाईला खेलहरु समेत समावेश गरिएको उक्त कार्यक्रममा अभिभावकहरुको ‘फेशन सो’ तथा केटाकेटीहरुको प्रिय ‘मिकी माउस’ र ‘डोरेमन’ अत्यन्तै आकर्षणको केन्द्र रहेको थियो भने फेस पेन्टिङ्ले समेत धेरैको ध्यान केन्द्रित गरेको देखिन्थ्यो भने विभिन्न अभिभावक केन्द्रित कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने अभिभावकहरुलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रमको उद्घोषण यसै विद्यालयका शिक्षक पंकज जैन र विद्यार्थीहरुका तर्फबाट सृष्टी श्रेष्ठ, आरोहि दाहाल, सार्थक गौतम तथा ग्रिष्मा पोखरेलले गरेका थिए ।
विद्यालयका प्राचार्य मणीराज भट्टराईले यस्ता किसिमको कार्यक्रमले विद्यार्थीमा सिप मुलक सिक्ने उजागर बढ्नलार्इृ मद्दत गर्ने बताए । विद्यार्थीहरुमा भएको प्रतिभलाई प्रस्फुट गर्न यस्तो प्रर्दशनीको कार्यक्रम राखिएको हो,’ स्कूलका प्रिन्सिपल भट्टराईले भने, ‘यस्ता कार्यक्रममा उनीहरुको क्षमता अभिवृद्धी हुन्छ ।’