पूर्वाञ्चल खबर
९ पुस, विराटनगर/ कमला–राजबहादुर कुंवर सामाजिक सेवा गुठी बिराटनगरले २०७३ सालको भाषा –साहित्य पुरस्कार लामो समय सम्म साहित्य सेवा गरेका धरानका प्राध्यापक डाक्टर गोपाल प्रसाद भण्डारीलाई प्रदान गरेको छ ।
भण्डारीलाई नगद २५ हजार राशिको पुरस्कारबाट सम्मानि गरीएके थियो । त्यस्तै यस बर्षको २५ हजारकै शिक्षा पुरस्कार बिराटनगरका पाणिनी बिद्यालय लाई प्रदान गरिएको छ साथै अर निको आवाशिय माधयमिक बिधालय बाट प्रवेशिका परिक्षा उत्तिर्ण गरी त्रिभुवन विश्व बिद्यालयबाट स्नाताकोत्तर तहमा स्वर्ण पदक बिजेता दिपिका दुगडलाई पनि एघार हजार को शिक्षा पुरस्कारबाट पुरस्कृत गरीएको छ ।
पुरस्कृत सवैलाई पूर्व शिक्षा राज्य मन्त्री राधा प्रसाद घिमिरे पुरस्कार बितरण गरेका थिए । कार्यक्रम गुठिका अध्यक्ष दिनेशराज सुवेदिको सभापतित्वमा भएको थियो ।