RUMPUM
animated ellipse animated ellipse

विक्रमले जिते कायक स्लालोम उपाधि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ फाल्गुन २०७५, बुधबार १९:४४
3
Shares
हेड टु हेड विधाअन्तर्गत प्रतिस्पर्धा गर्दै त्रिभुवन आर्मी टिम (बाँया) र त्रिशुली रिभरसाइड टिम

काठमाण्डौं / चितवनका विक्रम गुरुङ्ग सातौं राष्ट्रिय कायक स्लालोम च्याम्पियनसिपमा आज विजेता भएका छन् ।

नेपाल ¥याफ्टिङ्ग एन्ड क्यानोईङ्ग संघको आयोजनामा मंगलबारदेखि धादिङ्गको फिस्लिङ्ग त्रिसुली नदीमा भएको प्रतियोगितामा विक्रमले १ किलो मिटरको दूरी ८४.६९ अंकका साथ पहिलो स्थान प्राप्त गर्न सफल भएका हुन् । उनले सिन्धुपाल्चोकका सुर्जन तामाङ्गलाई १.२५ अंकले पछाडी पारेका हुन् । सुरजनले ८५.९५ अंक हात पारे । तेश्रो स्थानमा गोर्खाका रमेश गुरुङ्गले ८७.२५ अंक प्राप्त गरे ।

सोही प्रतियोगिता अन्तरगत रहेको तेश्रो ¥याफ्टिङ च्याम्पियनसिपमा बुधबारको ¥याफ्टिङ हेड टु हेडमा नेपाल कायक एन्ड क्लब फिस्लिङ ‘ए’ २ सय अंकको पूर्णाङ्कमा शतप्रतिसत नतिजा निकाल्दै पहिलो भयो । कायक एन्ड क्लब फिस्लिङ ‘ए’ ले कास्कीको प्याडल नेपाल ‘बी’ लाई २४ अंकले पछि पा¥यो । प्याडल नेपालले १ सय ७६ र तेस्रो भएको नेपाल कायक एन्ड क्लब फिस्लिङ ‘बी’ ले १ सय ५८ अंक प्राप्त ग¥यो ।

त्यस्तै ¥याफ्टिङ स्प्रीन्टमा पनि हेड टु हेडकै शीर्ष तीनले सोही नतिजा दोहो¥याए । एक किलोमिटरको दूरीमा नेपाल कायक एन्ड क्लब फिस्लिङ ‘ए’ ले १ मिनेट ५६ सेकेन्ड, प्याडल नेपाल ‘बी’ ले १ मिनेट ५७ सेकेन्ड र नेपाल कायक एन्ड क्लब फिस्लिङ ‘बी’ ले १ मिनेट ५९ सेकेन्डका साथ शीर्ष तीनमा रहे ।

चार विधा स्प्रीन्ट, हेड टु हेड, स्लालोम र डाउन रिभर हुने संघका अध्यक्ष मानबहादुर न्यौपानेले जानकारी दिए । यही चार विधाबाट प्राप्त अंकका आधारमा ओभरल टिम च्याम्पियन घोषणा गरिने न्यौपानेले जानकारी दिए ।

बिहीबार तथा अन्तिम दिन ¥याफ्टिङ विधातर्फ स्लालोम र डाउन रिभर रेसका खेल हुने प्रतियोगिताका निर्णायक सुदीप गौतमले जानकारी दिए । ¥याफ्टिङ र कायकको विधामा पहिलो हुने टिमलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर दिने संघका अध्यक्ष न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर