RUMPUM
animated ellipse animated ellipse

दुर्घटनामा दुई को मृत्यु, एक घाइते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ फाल्गुन २०७५, मंगलवार २१:२२
3
Shares

विराटनगर / १ नम्बर प्रदेश अन्तर्गत ताप्लेजुङ र खोटाङमा आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

ताप्लेजुङको फुङलिङ नगरपालिका २ मा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । दिउँसो मालपोत कार्यालयबाट राजमार्गमा निस्कदै गरेको ना २१ प ५६२८ नम्बरको मोटरसाईकल अनियन्त्र भई सडकबाट अन्दाजी १० फिट तल खसेको थियो ।

दुर्घटनामा मोटरसाईकल चालक ताप्लेजुङ पाथिभरा याङबरक गाउँपालिका १ नाङखोल्याङका २५ वर्षिय अमिर बर्देवा र पछाडी सवार इलाम देउमाई नगरपालिका १ चमैता घरभई फुङलिङ नगरपालिका ४ मा डेरागरी जिल्ला सिंचाई कार्यालय ताप्लेजुङमा कार्यरत २७ वर्षिय सिर्जना गुरुङ घाइते भएका थिए । दुर्घटनामा परि गम्भीर घाइते दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाईएकोमा उपचारको क्रममा मोटरसाईकलको पछाडी सवार गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

मोटरसाईकल चालकको सोही अस्पतालमा उपचार भईरहेको छ भने मृतकको शव परिक्षणको लागि सोही अस्पतालमा राखिएको छ ।

त्यसैगरी खोटाङको खोटेहाङ गाउँपालिका ४ बडका दियालेमा अपरान्ह ट्याक्टरबाट लडेर १ जनाको मृत्यु भएको छ । बडका दियाले चिसापानी सडक खण्डमा साखोला तर्फ जाँदै गरेको ना ६ त ८९३८ नम्बरको ट्याकटरबाट ओर्लने क्रममा लडेर सोही स्थानका प्रकाश नेपालीको छोरी १५ वर्षिया सविता नेपालीको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनास्थलमा तत्काल इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट प्रहरीको टोली खटि गई कानूनी प्रकृया पश्चात शव परिक्षणको लागि अस्पतला पठाईएकोखोटाङ प्रहरीले जनाएको छ । ट्याकटर र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर