पूर्वाञ्चल खबर
विराटनगर/ विराटनगर–११ मा रहेको नेपाल विजनेश कलेजले सरस्वती पुजाको अवसरमा अनाथ विद्यार्थी एक जनालाई छात्रवृद्धि दिने घोषण गरेको छ ।
कलेजले आज कलेजमा सरस्वती पुजाको अवसर पारेर प्रत्येक वर्ष एक जना अनाथ विद्यार्थीलाई विविएको सम्पूर्ण पढाई खर्च नलिने कलेजका अध्यक्ष भेषप्रसाद धमालले बताए । सोही अवसरमा कलेजमा अध्ययनरत विद्यार्थीमध्ये बद्री गौतमलाई उत्कृष्ट प्mयाकल्टी घोषणा गर्दै नगर पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको छ । साथै सन २०१८को परिक्षामा उत्कृष्ट हुने प्रत्येक सेमिष्टरका विद्यार्थीहरुलाई न्तिजा अनुसार छुट गरिएको कलेजका निर्देशन दिपक कोइरालाले बताए । उनीहरुलाई प्रमुख अथिति पूर्वाञ्चल अनाथ आश्रमकी अध्यक्ष सिता पोखरेलले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेकी थिइन् ।
कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीहरुले नृत्य, गित, संगितले उपस्थीत अविभावक तथा अतिथीलाई मनोरञ्जन दिएका थिए ।
लिंकन यूनिभर्सल मलेसीयाबाट सम्बन्ध प्राप्त कलेजमा विविए र एमविविएमा गरि १ सय ५० जना विद्यार्थीहरु अध्ययन रहेको कलेजले जनाएको छ ।