AArya
RUMPUM
animated ellipse animated ellipse

सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ पुष २०७३, शुक्रबार १६:११
3
Shares

पुष्पराज थपलिया
८ पुस,विराटनगर/ वृहत सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि भव्य समारोहबीच औपचारिक रुपमा सुरु भएको छ । पूर्वाञ्चलमा पहिलो पटक आयोजित खेलकुदको ‘कूम्भमेला’ भर्खरै राष्ट्रपति विद्यादेवि भण्डारीले उदघाटन गरेकी छिन्।7th-national-gameविराटनगरमा रहेको सहिद रंगशालामा विधिवत् रुपमा प्रतियोगिताको  राष्ट्रपति भण्डारीले औपचारिक घोषणा गरेपछि शुभारम्भ भएको हो ।

उद्घाटन कार्यक्रममा विधिन्न जातीका झाँकीहरु पर्दशन साथ विराटनगरका विभिन्न स्कूलका विद्याथीस्हरुले नृत्य गरेक थिए । प्रतियोगितामा सहभागी खेलाडीहरुले मार्च पास गरेका थिए ।

पुस १५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा ३० खेलमा ३ हजार ९ सय ७२ खेलाडी सहभागी हुने बताइएको छ । खेलाडीले २ हजार १ सय ४३ पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।

राष्ट्रिय खेलकुद प्रतियोगितामा किर्तिमान बनाउने खेलाडीलाई नगद २५ हजार रुपैया पुरस्कार प्रदान गरिने छ । भने स्वर्ण जित्ने खेलाडीलाई १५ हजार र टिम इभेन्टमा स्वर्ण जित्ने खेलाडीलाई पदक सहित ७ हजार नगद पाउने छन् । कुल पदकमध्ये १ हजार ९ सय ५० को मात्र गणना बताइएको छ ।

प्रतियोगितामा महिला–पुरुष फुटबल १\१, एथलेटिक्स ३६, पुरुष बक्सिङ १०, महिला ९, तेक्वान्दो १६, कराँते १७, महिला–पुरुष भारोत्तोलन १९, महिला–पुरुष भलिबल १\१, टेबल टेनिस ७, महिला–पुरुष कबड्डी १\१, कुस्ती ८, ब्याडमिन्टन ७, उसु २३, जुडो २१, महिला–पुरुष बास्केटबल १\१, चेस २, महिला–पुरुष ह्यान्डबल १\१ लगायतखेलमा २ सय ९४ स्वर्ण पदक र रजतका लागि प्रतिस्पर्धा आयोजक समितिले जानकारी दिएको छ । यसैगरी ४ सय ४७ कांस्य पदककालागि प्रतिस्पर्धा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर