RUMPUM
animated ellipse animated ellipse

एक नम्बर प्रदेशको विजयी सुरुवात

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ माघ २०७५, मंगलवार १९:२९
3
Shares

रामेछाप / मन्थली मेयर कप रामेछाप सिभिल भलीबल च्याम्पियनसीपमा प्रदेश नम्बर एकले विजयी सुरुवात गरेको छ ।

आज भएको प्रतियोगिताको उद्घाटन खेलमा एक नम्बर प्रदेशले कर्णाली प्रदेशलाई २५–१८,२५–२१,२५–२२ले पराजित ग¥यो ।यस अघि प्रमुख अतिथी संघीय सांसद श्याम कुमार श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरे । रामेछाप जिल्ला खेलकुद विकास समितीको आयोजनामा सञ्चालीत प्रतियोगिता शनीबार सम्पन्न हुने छ ।

कुल ७ लाख २५ हजार पुररस्कार राशी रहेको प्रतियोगितामा ६ प्रादेशीक टोली सहित रामेछापका तीन सहित टोलीको सहभागिता रहेको छ । रामेछापका नमुनादीप युवा क्लब, शान्तीदीप युवा क्लब र प्याराडाइज युवा क्लबको सहभागिता रहेको छ । प्राय सबै टोलीमा राष्ट्रिय स्तरमा परिचित खेलाडीहरु रहेका छन् । गत सस्करणमा सुदुर पश्चिमको टोलीले उपाधि जितेको थियो भने शान्तीदिप युवा क्लब उपविजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर