पूर्वाञ्चल खबर
७ पुष २०७३, बिहीबार १९:१३
७ पुस,विराटनगर / विराटनगर–१४ मा रहेको हिमालय दर्शन कलेजमा ११ दिने बैकिङ ट्रेनिङ आजदेखि सुरु भएको छ ।
व्यवस्थापन संकायको चौथो वर्षमा अध्ययरत विद्यार्थीहरुलाई बैंकको बारेमा जानकारी दिनुको साथै यस क्षेत्रमा भविष्य बनाउने उद्देश्यले ट्रेनिङ दिएको हो ।
कलेजको प्राङगणमा सुरु भएको ट्रेनिङमा ५७ जना विद्यार्थीहरुको सहभागिता रहेको कलेज प्रमुख भरत सापकोटाले जानकारी दिए ।
ट्रेनिङको उद्घाटन गर्दै कलेज प्रमुख सापकोटाले यस्तो ट्रेनिङले विद्यार्थीहरुको कार्य क्षमता दक्ष विकास अहम भुमिका निर्वाह गर्ने बताए ।
तालिमको सहजिकरण बैंकिङ ट्रेनिङ इन्च्यूट काठमान्डौंका क्षेत्रिय प्रतिनिधि रविन भण्डारीले गगरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?