AArya
RUMPUM
animated ellipse animated ellipse

२३ वर्षीया युवतीदेखि आतंकवादी संगठन आइएस डराएपछि…

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ पुष २०७३, बुधबार २२:३३
3
Shares
०६ पुष, लण्डन–इस्लामिक स्टेटको आतंक यतिबेला विश्वकालागि चुनौती बनेको छ। तर विश्वकालागि चुनौती बनेको आइएसकालागि  भने एक २३ वर्षीया युवती चुनौती बनेकी छन्। आतंकवादी संगठन आइएससँग युद्ध गर्न एक युवतीले हतियार उठाएपछि अहिले ती युवती आइएसकालागि टाउको दुखाएको विषय भएकी छन्।
निकै सुन्दरी युवती निकै बहादुर छन्। त्यही भएर उनी आफ्नो शहर डेनमार्कदेखि युद्धग्रस्त मुलुक सिरिया पुगिन् र धेरै आतंकवादीलाई मार्न सफल पनि भइन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको नाम जोआना पलानी हो भने उनको उमेर मात्र २३ वर्ष हो। यीनै २३ वर्षीया युवतीदेखि आत्तिएको आइएसले अहिले उनको टाउकाको मूल्य तोको छ।
जोआना पलानी इरानको डेनमार्क–कुर्दिस्तानकी हुन्। खाली युद्धका समयमा इराकमा बस्ने रमादीबाट जोआनाको जन्म भएको थियो। पछि उनको परिवारलाई इरानको डेनमार्कमा बस्ने अनुमति मिल्यो। २०१४ मा आइएसआईका विरुद्ध लड्न उनी कुर्दिश रेभोल्युशनमा भर्ना हुन जोआनाले आफ्नो पढाइ छोड्दिन। उनले सिरियामा कुर्दिश पिपुल्स प्रोटेक्शन युनिट र इराकमा पेशमार्ग फोर्ससँग मिलेर आइए विरुद्ध लडेकी छन्।  आइएस जोआनदेखि यतिधेरै आत्तिएको उसले जोआनालाई मार्नेलाई दश लाख अमेरिकी डलर दिने घोषणासमेत गरेको छ।
सिरियामा फर्किएपछि एक अन्तरवार्तामा जोआनाले भनेकी थिइन, ‘जतिबेला म पहिलो पटक सिरियामा आएकी थिएँ, त्यतिबेला युद्ध गर्ने विषयमा म गम्भीर थिइन्। तर मेरै सामुने आतंकवादी आक्रमण भएपछि मेरो मन परिवर्तन भयो, त्यसपछि मैले तालिम लिएर युद्धमा होमिएँ।’ एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर