पूर्वाञ्चल खबर
विराटनगरमा आज तरुण दलले पत्रकार सम्मेलनको आयोजना गर्दै केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईले पत्रकार धरपकड, अधिकनायकवादी शैली अन्त्य, र सम्पूर्ण भ्रष्टाचारको निश्पक्ष छानवीनका लागि आन्दोलन गर्न लागिएको जानकारी दिए । उनले प्रदेश १ का १४ जिल्लाका तरुणको सहभागिता वृहत भेलाले आन्दोलन गरिने वताए ।
तरुण दल मोरङ अध्यक्ष संजय थापा(प्रभाकर)ले जनतालाई सर्वोपरि मान्नका लागि आन्दोलन गरिने वताए । निर्मला हत्याकण्डाको निपक्ष छानवीन गराउनु, भ्रष्टाचार निन्त्रणका लागि दवाव सिर्जना र निष्पक्ष छानवीन, कानूनी राज्यको मूल्य र मान्यतालाई स्थापापित गर्न, मुलुकमा वढिरहेको अशान्ति, असुरक्षा र महंगी नियन्त्रण गराउन, डा. गोविन्द केसीले उठाएका जायज माग पुरा गर्नु पर्ने र सरकारको अधिनायकवादी शैली रोक्नु आन्दोलनको मुल एजेण्डा रहेको मोरङ अध्यक्ष थापाले जानकारी दिए ।
विरोध ¥यालीपछि आयोजना हुने सभालाई नेपाली कांग्रेस तथा तरुण दल केन्द्रीय नेताहरुलले सम्वोधन गर्ने कार्यक्रम रहेको तरुण दलले जनाएको छ । दलले माघ ९ गते जनकपुर, १० गते हेटौडा, ११ पोखरा, १२ गते वुटवल, १३ गते सुर्खेत र १४ गते धनगढीमा प्रदेशस्तरीय आन्दोलन गरिने जनाएको छ ।