AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्वेली सुपर मोडलका प्रतियोगिले देखाए प्रतिभा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ मंसिर २०७५, शनिबार १९:२३
3
Shares

विराटनगर / मिस पूर्वेली सुपर मोडलको फाइनलमा पुगेका प्रतियोगितहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।

विराटनगरस्थित आरोहण गुरुकुलमा आज भएको मिस ट्यालेन्टमा १९ जना प्रतियोगिहरूले प्रतिभा प्रस्तुत गरेका हुन् । ए–वान इन्टरटेन्डमेन्टको आयोजनमा भएको उक्त प्रतियोगिताको मिस ट्यालेन्ट अन्तर्गत प्रतियोगिले नृत्य, गायन, बक्तिवकला र कविता प्रस्तुत गरेको अध्यक्ष किरण लामाले जानकारी दिए ।

आगामी १४ गते विराटनगरमा हुने सो प्रतियोगिताको फाइनलमा मन्दिरा दुमी राई, श्रद्धा श्रेष्ठ, प्रियंका श्रेष्ठ, दीक्षा राई, सृजना थापा, सन्जु सापकोटा, स्नेहा साह, रोजिना तामाङ्ग, निशा शर्मा, सुप्रिया राज्यलक्ष्मी साह, आचल मल्लिक, अक्क्षेता रौनियार, निकीता अधिकारी, शसीकला साह, आस्था भट्टराई, भीमाकुमारी श्रेष्ठ, जेनिसा खड्का, सिजा पोखरेल, सन्देशा कटुवाल फाइनलमा पुगेका छन् ।

फाइनलमा पुगेका प्रतियोगिताहरू अहिले बन्द प्रशिक्षणमा व्यस्त रहेको कार्यक्रम संयोजक सौरभराज भण्डारीले बताए । बन्द प्रशिक्षणमा आइतबारदेखि कोरियोग्राफर सृजना रेग्मीले दिने भएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर