पूर्वाञ्चल खबर
नेपाल प्रेस युनियन मोरङले विरााटनगरमा आज गरेको पत्रकार सम्मेलनमा उनले सदनमा हल्ला गरेर कुर्सि भाच्दैमा प्रतिपक्षको भुमिका शसक्त नहुने वताए ।
नेपाली कांग्रेसले निर्मला हत्याकण्डको घटना तथा जनतालाई प्रत्यक्ष सरोकार राख्ने विषयलाई शान्तीपुर्ण तथा शालिन रुपमा सदनमा दवाव दिदै आएको नेता सिंहले वताए । उनले पार्टी भित्रका अन्तरद्धन्दका कारण कांग्रेसले विगतको निर्वाचनमा पराजय भोग्नु परेको भन्दै पार्टीमा सुधार आवश्यक रहेको समेत वताए ।
नेता सिंहले कांग्रेसलाई एकतावद्ध रुपमा अघि वढाउन नेतृत्वले विधि सम्वद रुपमा पार्टीलाई अघि वढाउनुपर्नेमा जोड दिए । नेता सिंहले दुई तिहाई रहेको वर्तमान सरकारले जन चाहना अनुसार काम गर्न नसकेको भन्दै महंगी नियन्त्रण तथा शान्ती सुरक्षा कायम गर्ने तर्फ ध्यान जानु पर्ने वताए । अहिलेको सरकारलाई जनताले अवसर दिएकाले त्यो अवसरलाई सदुपयोग गर्नु पर्ने उनको भनाई थियो ।
गणेशमान सिह फाउण्डेशनको कार्यक्रममा सहभागी हुन नेता सिंह विराटनगर आएका हुन् ।