पूर्वाञ्चल खबर
गत वर्ष भएको प्रदेशसभा निर्वाचनमा कपिलबस्तु क्षेत्र नम्बर एक ‘ख’का स्वतन्त्र उम्मेदवार २८ वर्षीय राजा बाबु भनिने दीपेन्द्र कुमार चौधरीको गोली हानी हत्या गरिएको हो ।
उनलाई घर नजिकैको सडकमा अज्ञात समुहले गोली हानेर घाइते बनाएको थियो । गोली लागेर गम्भीर घाइते भएका उनलाई लुबनी स्थित स्थानीय अस्पतालमा उपचार हुन नसके पछि थप उपचारका क्रममा भैरहवा लैजाँदा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक सन्तोष पोख्रेलले जानकारी दिए ।
शंकास्पद २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पोख्रेलले जानकारी दिए । घटनास्थलमा गोलीका ३–४ वटा खोका भेटिएको थियो । चौधरीको शव अहिले मेडिकल कलेज भैरहवामा राखिएको छ ।